प्रधानमन्त्री कपका लागि मधेस प्रदेश टिमको घोषणा

प्रधानमन्त्री कपका लागि मधेस प्रदेशको टिमको घोषणा भएको छ । हरिशंकर साहको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको छ।

मधेस प्रदेश टिममा कप्तान साह सँगै विवेक यादव, सन्तोष कार्की, अनिल कुमार साह (विकेटकिपर), रतन रौनक, डब्लु मल्लिक, इमरान शेख, रोशन विक, विशाल पटेल, रुपेश सिंह, राजेश यादव, मो. आदिल आलम, विशाल सुशिङ्ग र प्रदीप पासवान रहेका छन्।

यस्तै वैकल्पिकमा राकेश कामत, अभिशेख तिवारी, अजय यादव र सम्साद अन्सारी छन्। मधेस प्रदेश प्रधानमन्त्री कपको समूह बीमा रहेकाे छ। मधेससँगै यस ग्रुपमा लुम्बिनी प्रदेश, नेपाल पुलिस क्लब, र प्रदेश १ छ।

Share your love