विदेशमा बसेर नेपाली महिलाको चरित्र हत्या गर्ने पक्राउ

विदेशमा बसेर नेपाली महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले मलेसियाबाट नेपाल फर्कँदै गरेका रौतहटको देवाही नगरपालिका ५ टिकुलियाका २२ वर्षीय हरिहरप्रसाद यादव पक्राउ गरेको हो। उनलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुने प्रहरी उपीक्षक पशुपतिकुमार रायले बताए।

यादवलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइँ आवश्यक अनुसन्धान भइहेको रायले बताए।

यादवले महिलाको चरित्रहत्या हुने अश्लील शब्द सामाजिक सञ्जालमा फोस्ट गर्ने गरेका थिए। उनले पीडित महिलाकी नाबालिका बहिनीसमेतको फोटो सामाजिक सञ्जालमा राखेर मानसकि तनाव दिएको भन्दै साइबर व्यूरोमा निवेदन परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

सोही अनुसन्धानका क्रममा यादवले चरित्र हत्या गर्न चलाएको सामाजिक सञ्जालको प्रोफाइल विदेशबाट सञ्चालित रहेको देखिएको तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय र सहयोगको आधारमा वैदेशिक रोजगारीका क्रममा मलेसियाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

167
Share your love