वाङ्मय शताब्दी पुरुष जोशीकी पत्नी राधादेवीको निधन

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान उपचारको क्रममा निधन भएको छ ।सय वर्ष पुगेकी राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिए ।

जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो । यसअघि गत असोज ३० गते शताब्दी पुरूष सत्यमोहन जोशीको किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

२०७७ साल माघ ३० गते जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आ-आफ्नो शरीर दान दिने घोषणा गरेका थिए ।
Share your love