लुम्बिनीका मुख्यमन्त्री चाैधरीलाई विश्वासकाे मत प्राप्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले विश्वासकाे मत पाउनुभएको  छ । आज मङ्गलवार बसेकाे लुम्बिनी प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे दशाैँ बैठकबाट मुख्यमन्त्री चाैधरीले विश्वासकाे मत पाउनुभएको हो ।

चाैधरीले आठ दलका र एक स्वतन्त्र गरी ५३ सांसदकाे मत पाउनुभएको छ भने २९ मत उहाँकाे विपक्षमा परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार जना सासंद भने तटस्थ रहेका थिए ।

गएकाे वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चाैधरीले पाँच दिनपछि आज विश्वासकाे मत लिनुभएकाे हाे । चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका चार, जनमत, जसपा र लोसपाका तीन/तीन, जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र एक/एक सांसदसहित ५३ जनाको समर्थन छ । प्रदेशमा ८७ जना सांसद रहेका छन् ।

 

Share your love