नेपाली क्रिकेट टाेलीलाई प्रधानमन्त्रीकाे बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टाेलीलाई बधाई दिनुभएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । खेलाडीहरूलाई शुभकामना दिँदै उहाँले भन्नुभयो, एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियाेगिताकाे उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज मङ्गलवार भएकाे फाइनल खेलमा यूएईलाई सात विकेटले हराउँदै नेपालले आउँदाे सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो ।

 

Share your love