रुस र युक्रेनबीच युद्ध भएकाे २५० दिन पूरा

रुस र युक्रेनबीच युद्ध भएकाे आज मंगलबार २ सय ५० दिनमा प्रवेश गरेकाे छ ।

तर अहिलेसम्म युद्ध बिरामका लागि समेत पहल हुन सकेको छैन् । युक्रेनले क्राइमियास्थित कृष्णसागरमा ड्रोन आक्रमण गरेपछि रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले त्यसको जवाफ स्वरूप युक्रेनको खार्किभ क्षेत्रमा उर्जा केन्द्र लगायतका क्षेत्रमा ब्यापक हमला गर्दै आउनुभएकाे छ ।

जसका कारण लाखौं युक्रेनी नागरिकहरू अँध्यारोमा बस्न बाध्य भएका छन् । युक्रेनले रुसी सेनाका लागि खाद्यान्न निर्यात गर्ने बाटोमा ड्रोन आक्रमण गरेको र त्यसबाट रुसी सैनिकलाई खाद्यान्न आपूर्ति गर्ने बाटो समेत रोकिएको दावी रुसले गरेका छ ।

राष्ट्रपति पुटिनले आगामी दिनमा युक्रेनमाथिको आक्रमण थप तीब्र पार्ने चेतावनी दिंदै यसको परिणाम राम्रो नहुने बताउनुभएको छ । युक्रेनले भने रुसी सेनाका लागि खाद्यान्न आपूर्ति गर्ने बाटोमा आक्रमण नगरेको दावी गरेको छ ।

Share your love