के छ नेकपा एमालेले चुनावी घोषणापत्रमा ? (पूर्णपाठ)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिव २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।

घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ । घोषणापत्रमा सुशासन, विकास, समृद्धि र स्वाधीनता चार संकल्प व्यक्त गरिएको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाललगायत उपस्थित छन् ।

सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन ।

 

Share your love