रुसी सेनामा रहेका नेपालीलाई फिर्ता ल्याउन तत्काल पहल गर्नुपर्छ : प्रदिप पौडेल
नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले रुसी सेनामा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउन सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् ।
संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद पौडेलले रुसी सेनामा कार्यरत रहेका नेपाली युवाहरूलाई फिर्ता ल्याउन माग गरेका हुन् ।
उनले ठूलो संख्यामा नेपाली रुसी सेनामा भर्ती भएको अवस्थामा पनि सरकारसँग यकिन तथ्यांक नहुनुले कूटनीतिक पहलमा कमजोरी देखिएको समेत बताए ।
प्रतिनिधिसभाबाट समेत यस विषयमा पटक–पटक कुरा उठिरहेको भए पनि सरकार गम्भीर नभएकाले समितिबाट निर्देशन दिनुपर्ने बताएका हुन् ।