रुसले युक्रेनमा हिजो गरेको क्षेप्यास्त्र आक्रमण पूर्णरुपमा अस्वीकार्य रहेको अमेरिकाको प्रतिक्रिया

अमेरिकाले युक्रेनको राजधानी किभसहितका सहरहरुमा हिजो भएको क्षेप्यास्त्र आक्रमण पूर्ण रुपमा अस्वीकार्य भन्दै अब युक्रेनको समर्थनमा बोल्ने बेला आएको बताएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केलने विज्ञप्ति निकालेर युक्रेनमा रुसको आक्रमणले गम्भीर नैतिक मुद्दा प्रस्तुत गरेको भन्दै अन्तर्राष्ट्रिय समुदाय युक्रेनको समर्थनमा बोल्नुपर्ने बताउनुभएको हो ।

विज्ञप्तिमा यो तटस्थताको दाबीमा जोगिने, आफू अनुकूल बोल्ने वा द्विअर्थी कुरा गर्ने समय नभएको भन्दै रुसी आक्रमणका कारण संयुक्त राष्ट्र सङ्घको बडापत्रका मूलभूत सिद्धान्तहरू खतरामा परेको उल्लेख छ।

हिजो बिहान रुसले युक्रेनी राजधानी किभसहितका सहरलाई लक्षित गरी ८३ वटा क्षेप्यास्त्र आक्रमण गरेकोमा ४३ वटालाई बीचमै ध्वस्त बनाइएको र बाँकी विस्फोट भएका युक्रेनी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आक्रमणबाट १४ जनाको ज्यान गएको पुष्टि भएको छ । अरु कयौँको ज्यान गएको र धेरै घाइते भएका अनुमान गरिएको र उद्धार कार्य चलिरहेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

Share your love