रुसलाई घातक खालका हतियार दिएर सहयोग नगर्न चीनलाई अमेरिकाको आग्रह

अमेरिकाले रुसलाई घातक खालका हतियार दिएर सहयोग नगर्न चीनलाई आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीसँग जर्मनीको म्युनिखमा भएको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन विरुद्ध युद्धमा रहेको रुसलाई घातक हतियारको सहयोग नगर्न आग्रह गर्नु भएको हो ।

चीनले रुसलाई थुप्रै घातक हतियार दिने योजना बनाएको दाबी गर्दै ब्लिङ्केनले त्यस्तो काम गरेको खण्डमा अमेरिका–चीनबीचको सम्बन्धमा समस्या आउने सन्देश दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले रुसलाई उपलब्ध गराउन लागेका हतियारहरुको विस्तृत विवरण अमेरिकाले छिट्टै सार्वजनिक गर्ने पनि उहाँले दाबी गर्नु भएको छ ।

चीनले भने पश्चिमा देशहरुलाई युद्ध अन्त्य गर्ने बाटो खोज्न आग्रह गर्ने जनाएको छ । अमेरिकी आकाश पुगेको चिनियाँ बेलुन अमेरिकाले खसालेपछि दुई देशबीच सम्बन्ध चिसिएका बेला चिनियाँ विदेशमन्त्री वाङ वाङ र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता भएको हो ।

 

Share your love