रुकुम पूर्व : सिस्नो टिप्न गएका दिदीबहिनी मृत भेटिए

रुकुम पूर्वमा सिस्नाे टिप्न गएका दुई बालिका मृत अवस्थामा भेटिएका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा ११ वर्षीया रिना बुढा मगर र नाै वर्षीया कालिमाया बुढा मगर बिहीवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

तारामान बुढाका दुई छोरी बुधवार सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । पुथाउत्तरगंगाका उपाध्यक्ष भुपेन्द्रा बुढाका अनुसार उनीहरूले लगाएका गरगहनाहरू लुटपाट गरेपछि हत्या भएकाे हुन सक्ने अनुमान गरिएको छ ।

सिस्नाे टिप्न गएका दिदीबहिनी नफर्किएपछि खोजी गर्दा गाउँ नजिकैको भिरमा मृत अवस्थामा भेटिएका हुन् । सूचनापछि प्रहरीकाे टाेली घटनास्थलतर्फ गएकाे छ ।

 

Share your love