रियल मड्रिडद्वारा काडिज पराजित

स्पेनिस लिग फुटबलमा रियल मड्रिडले काडिजलाई हराएको छ ।

आफ्नै मैदानमा बिहीबार राति भएको खेलमा मड्रिडले काडिजलाई २–१ ले हराएको छ ।

रियल मड्रिडलाई विजयी गराउन इडर मिलिताओ र टोनि क्रुसले एक एक गोल गरे । काडिजका लुकाज पेरेजले एक गोल फर्काए ।

खेलको ४० औं मिनेटमा इडर मिलिसाओले गोल गर्दै रियललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ७० औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८१ औं मिनेटमा परिवर्तित खेलाडी लुकास पेरेजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि थप गोल हुन नसकेपछि रियल २–१ ले विजयी भयो ।

स्पेनिस लिगकै अन्य खेलहरुमा भ्यालेन्सियाले रियल बेटिसलाई ३–० ले हराउँदा रायो भायकानो र सेल्टा भिगोले गोलरहित बराबरी खेलेका छन् ।

बिहीबार रातिका खेलहरुपछि स्पेनिस लिगको अंक तालिकामा १४ खेलबाट ३७ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ । समान खेलबाट ३५ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको रियाल सोसिडाडको २६ अंक छ ।

Share your love