राेजगारीकाे लागि युराेपेली देश क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाण्डौ महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई हिजो पक्राउ गरेको हो ।

पक्राउ परहेका दाहालले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फर्ममा महिनाको एक लाख रुपैयाँसम्म तलब हुन्छ भनी पीडितसँग ६ लाख २४ हजार रुपैयाँ लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

Share your love