एमालेकाे पोलिटब्युरो बैठक सुरु

काठमाण्डाै – नेकपा (एमाले) को पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलमा रहेकाे पार्टी मुख्यालयमा बैठक भर्खर सुरु भएको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भाेलि केन्द्रीय कमिटीमा पेस गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनुहुने छ । यही भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आयोजना गरिएको छ।

एमालेले मङ्सिर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई केन्द्रित गरी सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ । बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेस गर्ने प्रतिवेदनमाथि पोलिटब्युरो सदस्यले धारणा राख्नेछन् ।

Share your love