राहुल गान्धीकाे सांसद पद खारेज

चार वर्ष पुरानाे आपराधिक मानहानी मुद्दामा दुई वर्षकाे जेल सजायकाे फैसलापछि भारतीय कांग्रेसका नेता राहुल गान्धीकाे सांसद पद खारेज भएकाे छ ।

हिजाे बिहीवार गुजरातकाे सूरत जिल्ला अदालतले कांग्रेस नेता गान्धीलाई दाेषी ठहर गर्दै दाेषी ठहर गर्दै सजाय सुनाएकाे एक दिनपछि आज शुक्रवार संसद्काे तल्लाे सदनकाे कार्यालयले सांसद पद खारेज भएकाे निर्णय सुनाएको हो ।

राहुल गान्धी दक्षिणी राज्य केरेलाको वायानाड राज्यबाट सांसद पदमा निर्वाचित हुनुभएकाे थियाे । उहाँ अहिले ३० दिनका लागि जमानतमा हुनुहुन्छ र अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताउनुभएकाे छ ।

सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक टिप्पणीसँग जोडिएको थियो । राहुल गान्धीले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै चोरको थर मोदी हुन्छ ?’ भन्ने अभिव्यक्ति दिनुभएकाे थियाे । यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) विधायक एवम् गुजरातका पूर्वमन्त्री पुर्णेश मोदीले गान्धीविरुद्ध उजुरी दिनुभएकाे थियाे ।

 

Share your love