राष्ट्रपति भण्डारीद्वारा गुरुहरूको हातबाट दशैँको टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादशैँको टीका ग्रहण गर्नुभएको छ । बडादशैँ २०७९ को अवसरमा उहाँले शीतल निवासमा गुरूहरूबाट टीकाको साइतअनुसार बिहान ११ बजोर ५१ मिनेटमा टीका ग्रहण गर्नुभयो ।

राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्नुहुनेछ ।

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवम् विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि बेलुकी ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।

विजया दशमीका दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।

Share your love