राष्ट्रपति निवासमा आज नवनिर्वाचित सांसदहरूको सम्मानमा चियापान

राष्ट्रपति विद्यादेवी भण्डारीले आज नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गर्नुभएको छ। दिउँसो ३ बजे चियापान कार्यक्रम आयोजना हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले सांसदहरुलाई बधाई तथा शुभकामना दिनुहुनेछ। उहाँले हिजो संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताउनु भएको थियो।

राष्ट्रपति भण्डारीको कार्यकाल आउँदो फागुन २८ गते सकिँदै छ । नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते चुनाव तोकिएको छ । तर, राष्ट्रपतिको उम्मेदवारबारे सत्ता गठबन्धनमा विवाद छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार चयन गर्ने बताउँदै आउनु भएको छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले राष्ट्रपति पाउनु पर्ने दाबी गर्दै आउनु भएको छ ।

 

Share your love