राष्ट्रपतिको १ घण्टा ४४ मिनेटको सम्बोधनको जवाफमा ओलीले खर्चिए १ घण्टा ५२ मिनेट

राष्ट्रपति रामचन्द्र पौडेलले १ घण्टा ४४ मिनेट लगाएर संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

प्रतिनिधिसभामा आइतबार छलफलको सुरुमै प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले भाग लिए । नीति तथा कार्यक्रममाथिको छलफलमा ओलीले एक घण्टा ५२ मिनेट समय खर्चिए ।

प्रस्तुत नीति तथा कार्यक्रमले लक्ष्य स्पष्ट गर्न नसकेको उलेख गर्दै एमाले अध्यक्ष ओलीले फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका छन् ।

Share your love