रामेछापमा बस दुर्घटना, १३ जना घाइते

रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज आइतवार बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।

दोरम्बाबाट काठमाण्डाैका लागि छुटेको बा ३ ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । यात्रु दशैँकाे टीका लगाएर फर्कँदै थिए । बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार थिङले जानकारी दिनुभयो ।

बसमा झन्डै ३० यात्रु थिए । घाइते सबैलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि काभ्रेपलाञ्चाेकको धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

 

Share your love