एमाले अध्यक्ष ओलीद्वारा झापा–५ बाट उम्मेदवारी दर्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ ।

उहाँ आफैँ उपस्थित भएर आज आइतवार दिउँसो झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

ओली २०७४ सालमा पनि झापा–५ बाट निर्वाचित हुनुभएको थियो । त्यस बेला माओवादी केन्द्रसँग वाम गठबन्धन थियो ।

तर यस पटक एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ ।

झापा–५ मा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ । अघिल्लो चुनावमा पनि कांग्रेसबाट अधिकारी नै उम्मेदवार हुनुहुन्थ्यो ।

 

Share your love