रामचन्द्र पौडेलले भने – ओलीबाट जघन्य अपराध भएको छ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले अध्यक्ष केपी ओलीबाट देशमा जघन्य अपराध भएको बताउनु भएको छ ।

वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरिय गठबन्धनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले देशलाई प्रतिगमनबाट जोगाउनका लागि गठबन्धन एउटा अभियान भएको समेत बताउनु भयो ।

नेता पौडेलले आधिकारिक उम्मेदवारको पक्षमा निष्‍ठाको साथ लाग्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

 

Share your love