प्रदेश सभा सदस्यकी उम्मदेवार डा.मधु निरन्तर मतदाताको घरदैलोमा

वीरगंज –पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को ( ख ) बाट जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको गठबन्धनबाट साझा उम्मेदवारी दिनुभएकी डा .मधु गुप्ता कुर्मी निरन्तर मतदाताहरुको घरदैलोमा रहनुभएको छ ।

चुनावी प्रचार प्रचारको क्रममा बिगत एक हप्ता देखि डा.गुप्ता संगै जसपाकी अन्य नेता कार्यकर्ता समेत मतदाताको घरदैलोमा रहिरहनुभएको हो ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को ( ख ) मा पर्ने बिभिन्न पालिकाको बिभिन्न वडा , गाउँ गाउँ , टोल टोलमा गएर मतदातालाई भेट्ने , आफ्ना चुनाव चिन्ह छाता छापमा मत हाल्न आग्रह गर्ने , समाजमा भएका विद्यमान सम्यस्यालाई नजिक बाट बुझ्ने , समाजमा वास्तवमा के चाहिएको हो त्यसबारे अध्यन गर्ने गरेको लगायतका काम काज गरिरहेको डा.मधु गुप्ता कुर्मीले बताउनुभयो ।

Share your love