रामचन्द्रले राष्ट्रपतिमा सहयोग मागे, उपेन्द्रले उपराष्ट्रपतिमा

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार भेटघाट भयो । जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच करिब आधा घण्टा छलफल भएको थियो ।

भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए ।  यादवले भने उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए ।  उपराष्ट्रपतिमा आफ्नो पार्टीलाई सहयोग हुनेछ भन्ने राष्ट्रपतिमा सहयोग गर्न तयार रहेको सन्देश यादवले दिएका थिए ।

राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका अजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

Share your love