अमेरिकामा एक पुरुषद्वारा पूर्व पत्नीसहित ६ जनाको गोली हानेर हत्या
अमेरिकाको मिस्सिसीपी राज्यस्थित एक गाउँमा एक पुरुषले आफ्नो पूर्व पत्नीसहित ६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार तीनवटा हतियार बोकेर अन्धाधुन्ध गोली चलाउँदै हिँडेका ती पुरुषले उनीहरूमाथि विभिन्न स्थानमा आक्रमण गरेका थिए ।
मिस्सिसीपीका गभर्नर टेट रिभ्सले आक्रमणकारी एक्लैले सो घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । स्थानीय समयअनुसार बिहान ११ बजे एक पेट्रोल पम्पको कन्भिनियन्ट स्टोरबाट ती व्यक्तिले गोलीबारी सुरु गरेका थिए ।
उनले पहिले एक अपरिचित व्यक्तिमाथि गोली प्रहार गरेका थिए । त्यसपछि नजिकैको घरमा पुगेर आफ्नो पूर्व पत्नीलाई गोली हानेका थिए । उनले पूर्वपत्नीको मंगेतरलाई भने गोली हानेनन् ।
त्यसपछि बाटोमा दुईजना व्यक्तिलाई गोली हानेका उनले घर नजिकै दुई निर्माण कामदारलाई गाली प्रहार गरेका थिए । शुक्रबार भएको घटनासँगै अमेरिकामा यो वर्ष बन्दुकसम्बन्धी सामूहिक हिंसाको घटनाको सङ्ख्या ७३ पुगेको छ । बीबीसी