रवि लामिछानेको पार्टीले समानुपातिकमा कटायो थ्रेसहोल्ड

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ। पछिल्लो मतपरिणामअनुसार रास्वपाले ३ लाख १२ हजार ६२७ मत ल्यएको छ। रास्वपा अहिले तेस्रो स्थानमा रहेको छ।

समानुपातिकतर्फ पहलो नम्बरमा नेकपा एमालेले ६ ला ११ हजार ४२० मत ल्याएको छ भने दोस्रोमा नेपाली कांग्रेसले ५ लाख ८० हजार ६१० मत ल्याएको छ। त्यस्तै माओवादीले २ लाख ७९ हजार ७७६ र राप्रपाले १ लाख ६९ हजार ५९३ मत ल्याएको छ।

Share your love