यूईएफए च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र लाइप्जिगको बराबरी, इन्टरले पोर्टोलाई हरायो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब आरबी लाइप्जिगले बराबरी खेलेका छन् ।

आज बिहान भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी घरेलु टोली लाइप्जिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

सिटीका रियाद महारेजले खेलको २७औँ मिनेटमा गोल गरे । त्यस्तै घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले खेलको ७०औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । यो बराबरीले दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना कायमै छ।

अर्को खेलमा इन्टरले १० खेलाडीमा समेटिएको पोर्टोलाई १–० गोलले हराएको छ । इन्टरका रोमेलु लुकाकुले खेलको ८६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । पोर्टोका ओटाभिओले खेलको ७८औँ मिनेटमा रातो कार्ड पाएका थिए।

Share your love