राष्ट्रपति निर्वाचन– ओलीको सिफारिसमा अन्ततः माधव नेपाल

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राष्ट्रपतिको नाम सिफारिस गरेका छन् । ओली–दाहालबीच बुधबार भएको भेटमा ओलीले राष्ट्रपतिमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको नाम सिफारिस गरेको प्रचण्ड निकट स्रोतले बताएको छ ।नेपालको नाममा कांग्रेससहितका दलको सहमति जुटाएर साझा उम्मेदवार बनाउन ओलीले आग्रह गरेको बताइएको छ । अध्यक्ष नेपालले एमाले फुटाएर आफ्नो नेतृत्वमा छुट््टै पार्टी दर्ता गरेका थिए । पार्टी विभाजन भएको लामो समय भइसक्दा पनि ओली–नेपाल एकअर्काप्रति आरोप–प्रत्यारोप चलिरहेको छ । यस्तो अवस्थामा ओलीले अध्यक्ष नेपालको नाम सिफारिस गर्नुलाई विशेष रुपमा हेरिएको छ ।

Share your love