युक्रेनले रुसी क्षेप्यास्त्र आक्रमणका कारण त्यहाँको मागको ५० प्रतिशत विद्युत मात्र प्रसारण गर्न सकिएको बताएको छ ।

रुसले विगत केही साता देखी युक्रेनको ऊर्जा केन्द्रहरूमा आक्रमण गर्दै आइरहेको छ ।

युक्रेनको  विद्युत प्राधिकरणले ऊर्जा पूर्वाधारहरू मर्मत कार्य जारी रहे पनि काम ढिलो गरी भइरहेको बताएको छ ।

युक्रेनमा हाल जाडो बढ्नुका साथै हिमपात भइरहेको, अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले उल्लेख गरेको छ ।

जाडोका कारण युक्रेनमा मानिसहरू मर्न सक्ने सम्भावना बढेको बिबिसीले जनाएको छ ।