युक्रेनको बाख्मत शहर रूसी सेनाको नियन्त्रणमा

रुसी सेनाले युक्रेनको बाख्मत शहर कब्जामा लिएको दावी गरेको छ ।

रुसी सेनाको तर्फबाट अग्रपंक्तिमा लड्दै आएको वागनर सैन्य समूहले बाख्मतमाथि वैधानिक कब्जा जमाएको घोषणा गरेको हो । प्यारामिलिटरी सैन्य समूह वागनरका प्रमुख यब्गेनी प्रिगोजिनले आफ्नो सेनाले बाख्मत शहरको प्रमुख प्रशासनिक भवनमा रुसी झण्डा समेत फहराएको घोषणा गरेका छन् ।

महिनौंदेखिको लडाईमा सफलता मिलेको र बाख्मत शहर पूर्ण कब्जामा आएको उनले दावी गरेका छन् । युक्रेनले भने बाख्मत रुसी कब्जामा गएको स्वीकार गरेको छैन । युक्रेनका सैन्य प्रमुखले आफ्नो सेना अहिले पनि शहरमा टिकी राख्ने प्रयासमा रहेको बताएका छन् ।

तर बाख्मतमा अवस्था निकै जटिल रहेको उनले बताएका छन् ।

Share your love