अंग दान गर्ने मानिसको खाँचो छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्न सक्ने सबै कुरा दान गर्ने मानिसको खाँचो रहेको बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालीन जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मानव जातिको लागि रगतको आवश्यक्ता महत्वपूर्ण रहने बताउनुभयो । उहाँले अरु कसैको जीवन बचाउनका लागि आफूले सक्ने शरीरका सबै अंगहरु दान गर्न सक्नुपर्ने बताउनुभयो ।

रक्तदानका लागि उपस्थित युवाहरुलाई रक्तदानका लागि अध्यक्ष नेपालले अपिल समेत गर्नुभएको थियो।

Share your love