यस वर्ष विश्वको आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा तल झर्ने प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने चेतावनी दिनुभएको छ ।

विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा देखिएको मन्दीका कारण सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने उहाँको प्रक्षेपण छ । अर्को हप्ता आईएमएफ र विश्व बैंकको बैठकअघि तयार पारेको रिपोर्टबारे जानकारी दिँदै प्रबन्ध निर्देशक जर्जिएभाले कमजोर देशका लागि आर्थिक वृद्धिको यो तथ्याङ्कले केही क्षति पुग्न सक्ने बताउनुभयो ।

रुस–युक्रेन आक्रमणको असरले विश्व अर्थतन्त्रमा तरङ्ग ल्याउँदा गएको वर्ष विश्वको आर्थिक वृद्धिदर झन्डै आधा घटेर तीन दशमलव चार प्रतिशतमा झरेको थियो ।

तर यस वर्ष एसियाका उदीयमान बजारहरूले आर्थिक उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । भारत र चीनले यस वर्षको सबै वृद्धिको आधा हिस्सा ओगट्ने अनुमान गरेका छन् । समग्रमा विश्वका ९० प्रतिशत विकसित अर्थव्यवस्थाका लागि अपेक्षित मन्दीले आर्थिक वृद्धिको सुखद अवस्थालाई पछि पार्ने देखिएको छ ।

 

Share your love