एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले गठबन्धनको सरकारले साार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले अब प्रधानमन्त्रीले चुस्त टिमका साथ देश र नागरिकका लागि काम गर्नुपर्ने उल्लेख गर्नुभयो । सरकारले देशमा देखिएको आर्थिक सङ्कटलाई समाधान गरी नागरिकमा आशा र भरोसा जगाउने गरी काम गर्नुपर्ने नेता थापाको भनाइ छ ।

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्न सरकारका सबै निकायलाई परिचालन गर्न आग्रह गर्दै उहाँले एक दिन, एक परिणाम भन्ने नाराका साथ काम गर्नुपर्ने सुझाव दिनुभयो । साझा कार्यक्रममा  छुटेका कार्यक्रम थप्न सुझाव दिँदै उहाँले सरकारका निकायबीचमा आपसी समन्वय नहुँदा पनि कतिपय अवस्थामा काम प्रभावकारी नहुने भएकाले यसमा प्रभावकारी काम गर्न आग्रह गर्नुभयो ।

 

Share your love