मोटरसाइकल चोरी गरेका बाराबाट ६ जना पक्राउ

वीरगञ्ज- बारामा मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चोरीको १२ वटा मोटरसाइकलसहित बाराको पचरौता नगरपालिकाको एउटै टोलका ६ जनालाई पक्राउ गरेको हो ।

गत बिहीबार महागढीमाई नगरपालिकाको बरियारपुरबाट दुइ वटा मोटरसाईकल चोरी गरेर भाग्दै गरेका पचरौता नगरपालिका–७ बेनौलीका बिशालकुमार सहनी र भोला पटेललाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबैजनालाई चोरी सम्बन्धी मुदामा अदालतबाट म्याद थप गराई अनुसन्धान गर्नेक्रममा दुबैजनाले पोलेको आधारमा थप चार जनालाई पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

थप पक्राउ पर्नेहरुमा सोही नगरपालिकाको बेनौली टोलकै बृजमोहन साह सोनार, बिजय पटेल, हरिनारायण पटेल र बरक सहनीलाई पक्राउ गरिएको उनले बताए।

उनीहरुको साथबाट थप चोरीको दस वटा मोटरसाइकल समेत बरामद गरिएको थापाले बताए ।

Share your love