प्रधानमन्त्री, अर्थमन्त्रीलाई मन लागे राष्ट्रिय गाैरवकाे आयाेजनामा राखाैँ भन्ने हुनुहुँदैन : तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताउनुभएको छ ।
बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताउनुभएको हो ।उहाँले मेलम्ची आयोजनाको काम अहिलेसम्म नसकिँदा पानीको कारणले कति व्यक्ति स्वास्थ्य लाभ गर्ने अवसरबाट वञ्चित हुनुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आयोजना जति छिटो सक्छौँ त्यति राज्यले प्रतिफल पाउँछ । कुनै पनि आयोजना ढिला हुँदा लागत बढिहाल्छ । त्यसको लाभ हामीले जे लिने हो त्यो ढिलो गरेर लिन्छौँ । मेलम्ची आयोजना पहिल्यै सकिनुपर्थ्यो । त्यस कारण आयोजना समयमै सक्नुपर्छ । समयमै काम सम्पन्न नभएका योजनाका बारेमा समितिले निगरानी राख्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरव भनिरहँदा त्यसको निश्चित परिभाषा, निश्चित अर्थ र महत्त्व हुनुपर्ने बताउनुभयो । राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री, अर्थमन्त्री वा अन्य मन्त्री र सरकारको पहुँचमा रहेका नेताहरूको मन परेको योजनालाई बनाउने कुरा हुन उहाँको भनाइ छ ।

Share your love