मेरो कसै संग प्रतिस्पर्धा छैन –प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु

वीरगंज – पर्सा क्षेत्र नम्बर ३ (ख) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले आफ्नो कसै संग प्रतिस्पर्धा नरहेको बताउनुभएक छ । आज मंगलबार चुनावी घरदैलो गर्दै डा.मधुले मेरो पृष्ठभुमि राजनीति नरहेको हुदा मेरो प्रतिस्पर्धा कुनै नेता वा दल संग नरहेको बताउनुभएको हो ।

उहाले आफु स्वच्छ भवनाले समाज सेवा हेतु राजनीतिमा आएको बताउनुभएको छ । जसपा नेपाल र नेकपा एमालेको तर्फबाट पर्सा क्षेत्र नम्बर ३ को (ख) मा प्रदेश सभा सदस्यका लागी डा.मधुले उम्मेदवारी दिनुभएको छ  ।

Share your love