माेरङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा डाक्टरकाे ज्यान गयाे

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा कनकाई हस्पिटल विर्तामोडमा कार्यरत २८ वर्षीय डाक्टर नीरज यादवको ज्यान गएकाे छ। मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उहाँको आज बिहान पूर्व–पश्चिम राजमार्गको उर्लाबारीमा टिपरको ठक्करबाट ज्यान गएकाे हाे ।

डा यादवले चलाउनु भएकाे प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई प्र–३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएकाे हाे ।घाइते हुनुभएका यादवकाे मङ्गलबारेमा रहेकाे मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा ज्यान गएकाे प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमबीबीएस डा यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत हुनुहुन्थ्यो । घर पुगेर हस्पिटलको ड्युटीमा फर्कने क्रममा उहाँ दुर्घटनामा पर्नुभएको हो ।

Share your love