माओवादी पदाधिकारी बैठक सुरु

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा निर्वाचनको बारेमा समिक्षा भैरहेको छ ।

हिजोबाट सुरु भएको बैठकमा निर्वाचनको समिक्षासँगै नयाँ सरकार गठनबारे पनि छलफल भएको छ ।

माओवादीले हिजोको बैठकमा सरकार गठनको लागि सबै विकल्प खुला राखेको जनाएको थियो ।

तर, अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन नटुट्ने र गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् ।

 

Share your love