माओवादी केन्द्र आगामी निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्छ : अध्यक्ष दाहाल

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दावी गर्नुभएको छ । बिहीबार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको बताउनुभयो ।
अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीतिक कता लैजाने भन्नेकुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको तर्क गर्नुभयो । माओवादी नेता, कार्यकर्ताले जनताको बीचमा जानुपर्ने कुरा लगायतका जनमुखी काम गर्न मिहेनत नगरेको उहाँको गुनासो छ ।

अध्यक्ष दाहालले नेकपा (माओवादी केन्द्र) लाई वैचारिक ढंगले परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पार्टी भित्रका सम्बन्धलाई सहज बनाउने र जनसम्बन्धलाई पनि घनिष्ट बनाउने कुरामा पार्टी लाग्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । समाजवादको लागि कम्युनिष्टहरुबीचमा एकताको आवश्यक रहेको भन्दै अध्यक्ष दाहालले व्यवहारिक संघर्षलाई निरन्तर्ता दिनुपर्ने खाँचो रहेको उल्लेख गर्नुभयो ।

Share your love