चरेश सहित मकवानपूरका ३ महिला पर्सामा पक्राउ

वीरगन्ज –पर्सामा प्रतिबन्धित लागुऔषध चरेश १३ किलो ८ सय ग्राम सहित ३ जना महिला पक्राउ परेका छन । प्रहरीले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर २ बगवाना सडकखण्डमा ना २ ह ३१८६ नम्बरको सार्बजनिक अटोलाई रोकेर चेकजाच गर्दा लागुऔषध चरेश सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्नेहरूमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ बस्ने कल्पना मोक्तान, कवितामाया बल्ल र रीता विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।

पर्साका प्रहरी नायव उपरीक्षक दिपक गीरिका अनुसार बाराको जितपूरबाट मकवानपूर तर्फ जादै गरेको अटोमा सवार तीनैजना महिलाहरूले बोकेको झोला भित्रबाट १३ किलो ८ सय ग्राम चरेश बरामद गरिएको हो ।
Share your love