महोत्तरीमा ट्राफिक नियममा कडाई

जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियममा कडाई गरेको छ ।

ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने दैनिक २ सय भन्दा बढी सवारी साधनलाई कारबाही गरेको हाे । क्षमता भन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा दौडाउने र यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता सवारी साधनलाई कारवाही गरिरहेको ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ । चाडबाडको समयमा दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले नियममा कडाई गरेको हो ।

यात्रुहरुको साहयताको लागि आधा दर्जन भन्दा बढी सहायता कक्ष समेत स्थापना गरिएको छ । उहाँले ट्राफिक नियमको उल्लंघन नगरी नियमलाई पालना गर्न यातायात व्यवसायीहरुसँग ट्राफिक कार्यालय महोत्तरीले आग्रह समेत गरेकाे छ ।

सहायता कक्ष जिल्लाका मुख्य राजमार्ग, हुलाकी सडक र भित्री सडकमा ब्यवस्थापन गरिएको छ ।

Share your love