मन भुलाउन जेलभित्र कैदीसंग क्रिकेट खेल्न थाले सन्दीप लामिछाने

पठाइएका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमा पनि बल र ब्याटप्रतिको मोहमा कुनै कमी आएको छैन ।

उनी अहिले जेलभित्रै पनि क्रिकेट खेल्न थालेका छन् । सुन्धारास्थित भद्र बन्दीगृहभित्र रहेको खेलमैदानमा कैदीबन्दीसँग उनी क्रिकेट खेल्ने गरेका छन् ।

सन्दीपको यो रुचिमा अन्य कैदीबन्दी र जेल प्रशासनको पनि सहयोग छ । जिल्ला अदालतको आदेशमा गत १८ कात्तिकमा सन्दीप सुन्धारास्थित कारागार चलान भएका थिए ।

कारागार स्रोतका अनुसार त्यसको भोलिपल्टै उनले अन्य कैदीबन्दीसँग क्रिकेट खेलेका थिए । जेलभित्र टेनिस बलमा क्रिकेट खेल हुने गरेको छ ।

सन्दीप पनि टेनिस बलमै खेल्छन् । केन्द्रीय कारागारका जेलर ईश्वर पाण्डेका अनुसार भद्र र केन्द्रीय कारागार दुवैमा खेलमैदान छ ।

‘त्यहाँ फुटबल, क्रिकेट र टेबुलटेनिसलगायत खेल हुन्छन्,’ उनले भने, ‘वेलावेला आन्तरिक प्रतिस्पर्धासमेत हुने गरेको छ ।’ भद्र बन्दीगृहमा करिब एक हजार कैदीबन्दी छन् ।

सन्दीप रहेको हलमा करिब ६५ जना कैदीबन्दी छन् । जेलभित्र चौकीदारको नेतृत्वमा कैदीबन्दीकै आन्तरिक प्रशासन हुन्छ ।

सोही प्रशासनले खानेदेखि खेलकुदसम्मका नियम बनाई लागू गर्दछ । जेलभित्र सबैका लागि सेवा–सुविधा समान हुने जेलर पाण्डे बताउँछन् । थुनछेक आदेशमा छुट्ने आशामा रहेका उनी थुनामा पठाउने

अदालतको आदेशपछि तनावमा छन् । जेलभित्र बिस्तारै उनी घुलमिल हुँदै क्रिकेट खेल्न थालेका हुन् ।

सन्दीपमाथि ना’बालिका किशोरीमाथि ज’बर्जस्ती क’ रणी गरेको अभियोग छ । ‘प्राप्त प्रमाणहरूको आधारमा यी प्रतिवादी निर्दाेष रहेछन् भन्ने मान्न नमिल्ने’ भन्दै जिल्ला अदालतले मुद्दाको किनारा नलाग्दासम्म उनलाई थुनामा पठाउने आदेश दिएको थियो ।

Share your love