मधेशी भाषामा शपथ लिएपछि संसद् सचिवालयलाई स्पष्टीकरण

काठमाण्डाै – मधेशी आयोगले डा. चन्द्रकान्त (सीके) राउतसहित केही प्रतिनिधि सभा सदस्यलाई कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिएको भनी सङ्घीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ |

हिजाे बिहीवार संसद् भवनमा सीके राउतसहित केही प्रतिनिधि सभा सदस्यले भाषा आयोग तथा मधेशी आयोगद्वारा सूचीकृत नरहेको ‘मधेशी भाषा’ मा शपथ लिएको भन्दै आयोगमा उजुरी परेकाे थियाे । ती उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको तथा त्याे भाषामा शपथ लिन संसद् सचिवालयले कुन आधारमा मान्यता दिएको भन्दै आयोगकी उपसचिव सविता डङ्गोलले स्पष्टरूपमा जानकारी गराउन सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएकाे छ ।

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले शपथ ग्रहण समारोहपछि दर्जनौँ सङ्घ–संस्थाले फोन सम्पर्क गरी मधेशी भाषा औपचारिकरूपमा सूचीकृत नरहेको र त्याे भाषामा शपथ लिनुले अन्य विद्यमान भाषामाथि नकारात्मक प्रभाव पर्ने हुनाले यसमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको बताउनुभएको छ ।

Share your love