मकवानपुरमा भएकाे छट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयाे, एक जना घाइते

मकवानपुरमा भएको दुई वटा छट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ  । एक जना गम्भीर घाइते भएका छन् ।

इन्द्रसरोवर गाउँपालिका–२ हेभिमा हेटौँडाबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ९० प २६०० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक भारतीय नागरिक ३५ वर्षीय विकास जैसवालको ज्यान गएको  प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडि बस्ने भरतीय नागरिक १८ वर्षीय गौतम कुमार घाइते भएका छन् । त्यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा बा ७३ प ९० ६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दाङ घर भएकी २३ वर्षीया आसिका चौधरीको ज्यान गएको छ ।

 

Share your love