मकवानपुरको मनहरीमा बसको ठक्करबाट एक महिलाको ज्यान गयो

मकवानपुरको मनहरीमा बसको ठक्करबाट एक जना महिलाको ज्यान गएको छ । आज बिहान मनहरी गाउँपालिका वडा नम्बर–९ खरङगामा झापाबाट पोखराका लागि छुटेको लु २ ख ४६०७ नम्बरको बसको ठक्करबाट भोजपुरको भोजपुर–७ कोदारकी ४५ वर्षीया सीता मिजारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मिजार काकडभिट्टाबाट स्याङ्जाका लागि छुटेको ना ५ ख ६१०३ नम्बरको बसमा सवार रहेको र मनहरीमा चिया खान रोकिएको अवस्थामा बाटो क्रस गर्ने क्रममा अर्को बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी उहाँको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

Share your love