ट्विटरकाे प्रमुख कार्यकारी पदबाट राजीनामा दिने एलन मस्कको संकेत

ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले जतिसक्दो छिटो पद छाड्ने संकेत गर्नुभएको छ । ट्वीट गरेर उहाँले सकेसम्म छिटो राजीनामा दिने बताउनुभएको हो ।

ट्विटर खरिदपछि आफैं प्रमुख कार्यकारी अधिकृत सीईओ बनेका मस्कले यसअघि ‘के म ट्विटरको प्रमुख पदबाट हट्नुपर्छ ?’ भनेर प्रश्न राख्दै हो वा होइनमा क्लिक गर्न आह्वान गर्नुभएको थियो । ट्विटरका एक करोड ७५ लाख प्रयोगकर्ताले मतदान गरेकामा ५७ दशमलव ५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२ दशमलव ५ प्रतिशत मत परेको थियो ।

अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उहाँले सीईओ पदबाट राजीनामा दिने संकेत गर्नुभएको छ । याेसँगै उहाँले ट्विटरकाे सफ्टवेयर र सर्भर टिममा जाेडिने बताउनुभएकाे छ । मस्क कार निर्माता टेस्ला र रकेट फर्म स्पेसएक्सका समेत मालिक हुनुहुन्छ ।

अक्टोबर २७ मा ट्विटरको प्रमुख भएदेखि मस्क बारम्बार विवादमा आइरहनुभएको छ । कम्पनीका आधा कर्मचारीलाई बर्खास्त गरेको,  पत्रकारहरूलाई प्रतिबन्ध लगाएको र पहिले निः शुल्क सेवाहरूको लागि अहिले शुल्क लिन खोजेपछि उहाँ विवादित हुनुभएको थियो ।

 

Share your love