भीम आचार्यको प्रश्न : सरकारले कति वर्षमा पूर्णता पाउँछ ?
नेकपा एमालेका सांसद भिमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले करिब ६ महिना हुन लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको बताए । सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ भन्ने प्रश्नसमेत उनले गरे ।
‘प्रधानमन्त्रीजीलाई मेरो प्रश्न, सरकारलाई मेरो प्रश्न, यो गठबन्धनका नेताहरुलाई मेरो प्रश्न के छ भने तपाईंहरुले यो सरकारलाई पूर्णता कति वर्ष लगाएर गर्नु हुन्छ ? कति वर्ष लाग्छ ?’ उनले थपे, ‘अनि, विकासको माग गर्न यहाँहरुलाई कति समय लाग्छ ? कति दशक लाग्छ कि वर्ष लाग्छ कि । वा शताब्दी लाग्छ कि । उत्तर चाहियो ।’