भारतसँगकाे खेलमा नेपाललाई पहिलाे हाफमा १ गाेलकाे अग्रता

काठमाण्डौ – साफ महिला च्याम्पियनिशप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतसँगको खेलमा पहिलो हाफमा एक गोलको अग्रता लिएको छ ।

नेपालले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेको हो । नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।

यसअघि आजै भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई आठ–शून्य गोलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेको छ । अब नेपाल–भारतबीचको खेलको विजेताले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ ।

Share your love