युरोपका देशमा घरेलु काममा जानेले अनिवार्य तालिम लिन पर्ने

काठमाण्डौ – घरेलु कामदारका रूपमा युरोपका देशमा जानेहरूले अब अनिवार्य रूपमा तालिम लिन पर्ने भएको छ । घरेलु कामदारको रूपमा साइप्रस, रोमानिया लगायतका देशहरूमा जानेहरू कतिपयले अहिले  तालिम नै नलिई गएको पाइएको भन्दै वैदेशिक रोजगार विभागले अनिवार्य रूपमा तालिम लिनु पर्ने बताएको छ ।

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ को दफा १६ मा घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा जानु पूर्व कामदारले अभिमुखीकरण तालिम सम्बन्धी कार्यविधि २०७० बमोजिम कम्तीमा ३० कार्य दिनको तालिम अनिवार्य लिनु पर्ने नियम छ ।

तर अहिले घरेलु कामदारको रूपमा साइप्रस, रोमानिया लगायतका देशहरूमा श्रमिक पठाउँदा कतिपय वैदेशिक रोजगार व्यवसायीले तालिम नै नलिएका श्रमिकहरू पठाउने गरेको पाइएको विभागले जनाएको छ ।

तालिम नै नलिई सूचिकृत म्यानपावर व्यवसायीले नै कामदार पठाउने गरेका उजुरीहरू विभागमा समेत आएका छन् । विभागले नियम अनुसार तालिम प्रदान गरेर मात्र श्रमिकलाई घरेलु काममा पठाउन निर्देशन समेत दिएको छ ।

Share your love