भण्डारण गरी राखिएको भन्सार छलीका चामल सहितका सामग्री रानीघाटबाट प्रहरीको नियन्त्रणमा
गत मंसिर २३ गते बसेको गाँउ कार्यपालिकाको बैठकले निजी श्रोतमा कार्यरत सबै २९ जना शिक्षक शिक्षिकाहरुलाई आजदेखि हटाउने निर्णय गरेको छ । गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले गत सोमबार सार्वजनिक गरेको सूचनामा गाँउ कार्यपालिकाको बैठकले गाँउपालिकाबाट प्रदान गर्दै आएको विद्यालय सञ्चालन अनुदान आगामी आजबाट रोक्का गर्ने निर्णय भएको उल्लेख छ ।
गाँउपालिकाले विद्यालय नपुग शिक्षकको व्यवस्थापन गर्न आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पनि गरेको जारी सूचनामा उल्लेख छ । गाँउपालिका अध्यक्ष दिनेश चौधरीले यसअघिका जनप्रतिनिधी र कर्मचारीले विधालयहरुमा आवश्यक प्रकृया नै पुरा नगरि हचुवाका भरमा निजी श्रोतमा शिक्षकहरु नियूक्त गरेकाले उनिहरुलाई हटाउने निर्णय गरिएको बताउनुभयो ।
नियूक्त यसरी उनिहरुको तलब सुविधा मात्रै वर्षेनी ५० लाख भन्दा बढि रकम खर्च भएको देखिन्छ । छानबिनका क्रममा निजी श्रोतमा नियूक्त शिक्षकहरुलाई नियूक्ति गर्दा बखत पालिका र विद्यालयले कुनै पनि कागजात नै नमागेको, विधी र प्रकृया मिचेर हचुवाका भरमा नियुक्त गरेको पाइएकाले आजेदेखि ती सबै शिक्षकहरुलाई हटाउने निर्णय गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।