निजि श्रोतका २९ जना शिक्षक/शिक्षिकालाई पटेर्वासुगौली गाँउपालिकाले आजदेखि हटायो

पर्साको पटेर्वासुगौली गाँउपालिकाले पालिकाले सामुदायिक विद्यालयमा निजी स्रोतबाट कार्यकर्त २ दर्जनभन्दा बढी शिक्षकहरुलाई हटाएको छ । गाउँपालिकामा सञ्चालित ३ माध्यमिक र २१ आधारभूत गरि कूल २४ वटा विद्यालयमा निजी स्रोतबाट भुक्तानी हुनेगरी कार्यरत रहेका २ दर्जनभन्दा बढी शिक्षकहरुलाई हटाइएको हो ।

गत मंसिर २३ गते बसेको गाँउ कार्यपालिकाको बैठकले निजी श्रोतमा कार्यरत सबै २९ जना शिक्षक शिक्षिकाहरुलाई आजदेखि हटाउने निर्णय गरेको छ । गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले गत सोमबार सार्वजनिक गरेको सूचनामा गाँउ कार्यपालिकाको बैठकले गाँउपालिकाबाट प्रदान गर्दै आएको विद्यालय सञ्चालन अनुदान आगामी आजबाट रोक्का गर्ने निर्णय भएको उल्लेख छ ।

गाँउपालिकाले विद्यालय नपुग शिक्षकको व्यवस्थापन गर्न आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पनि गरेको जारी सूचनामा उल्लेख छ । गाँउपालिका अध्यक्ष दिनेश चौधरीले यसअघिका जनप्रतिनिधी र कर्मचारीले विधालयहरुमा आवश्यक प्रकृया नै पुरा नगरि हचुवाका भरमा निजी श्रोतमा शिक्षकहरु नियूक्त गरेकाले उनिहरुलाई हटाउने निर्णय गरिएको बताउनुभयो ।

नियूक्त यसरी उनिहरुको तलब सुविधा मात्रै वर्षेनी ५० लाख भन्दा बढि रकम खर्च भएको देखिन्छ । छानबिनका क्रममा निजी श्रोतमा नियूक्त शिक्षकहरुलाई नियूक्ति गर्दा बखत पालिका र विद्यालयले कुनै पनि कागजात नै नमागेको, विधी र प्रकृया मिचेर हचुवाका भरमा नियुक्त गरेको पाइएकाले आजेदेखि ती सबै शिक्षकहरुलाई हटाउने निर्णय गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।

Share your love